• स्वदेशवाद
  • बहुलराष्ट्रवाद
  • सामुदायिक समाजवाद

नेपाल एक स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न, बहुजातीय, बहुभाषिक र बहुसाँस्कृतिक विविधतायुक्त पहिचान भएको मुलुक हो भन्ने तथ्यलाई आत्मसात गर्दै, राज्यको हरेक अङ्ग र तहहरूमा जातीय, लैङ्गिक, सामुदायिक जनसाँख्यिक आधारमा बहुलतायुक्त र पहिचानमा आधारित राज्य पुनर्संरचनाका लागि संघर्षशील रहँदै, समाजमा विद्यमान विभेद र सिमान्तीकरणलाई अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गर्दै, निरङ्कुश शासनको अन्त्य तथा मुलुकका सार्वभौमसत्ता र अखण्डता, शान्ति र अग्रगमनकोपक्षमा भएका समानता, समावेशिता, संघीयता र गणतन्त्रको निमित्त भएका ऐतिहासिक मधेस आन्दोलन एवं जनविद्रोह, आदिवासी जनजाति, खस, थारू, शिल्पी (दलित), महिला, पिछडावर्ग, मुस्लिम, अल्पसंख्यक लगायतका उत्पीडित समुदायले विगतमा चलाएको संघर्ष र परिवर्तनका क्रममा आफ्ना अमूल्य जीवनको बलिदान दिनु हुने सम्पूण ज्ञात अज्ञात सहीदहरूप्रति उच्चसम्मान प्रकट गर्दै,

राजनीतिक, आर्थिक, जातीय, भाषिक, साँस्कृतिक शोषण र उत्पीडनमा पारिएका समुदायहरूको मधेस आन्दोलन तथा आदिवासी जनजाति, खस, थारु, शिल्पी (दलित), मुस्लिम, पिछडा वर्ग, अल्पसङ्खयक समुदाय लगायतको आन्दोलनमा व्यक्त भावनाअनुरूप राष्ट्रिय पहिचानका मान्यता, भाषा संस्कृतिको संरक्षण–सम्वद्र्धन गर्न, तराई–मधेस, पहाड र हिमालका जनताबिच भावनात्मक एकता र सम्बन्धलाई बलियो बनाई राष्ट्रिय एकताको आधारलाइ विकसित र प्रवद्र्धन गर्दै, नागरिक सर्वोच्चता, विधीको शासन, प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायप्रणाली, समानता, सामाजिक न्याय, सुनिश्चितता गर्दै, आर्थिक समानता, समृद्धि, सामाजिक न्याय, सुशासन र समतामूलक समाजको निर्माण र संयुक्त राष्ट्रसंघका मान्यता अनुरूप विभिन्न जातिरराष्ट्रहरुको स्वशासन, स्वाभिमान स्थापित गर्ने ध्येयप्रति प्रतिबद्ध रहँदै, स्वदेशी दृष्टिकोणका आधारमा समाजलाई बुझ्ने, व्याख्या गर्ने र परिवर्तन गर्ने वैचारिक प्रतिबद्धता र ध्येयका साथ राष्ट्रिय मुक्ति क्रान्तिको कार्यदिशा अनुरुप स्वदेशवादी एवं सामुदायिक समाजवादको मूल्य मान्यतालाई स्थापना गर्ने संकल्प गर्दै,

नेपाली समाजको आर्थिक तथा सामाजिक रूपान्तरणका लागि राष्ट्रिय पुँजीको विकास गर्दै गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य रोजगारी, सुरक्षा जस्ता जनताका आधारभूत आवश्यकताहरूका सुनिश्चितताका साथ « बहुल राष्ट्रिय राज्य व्यवस्था स्थापना गर्ने रणनीतिक लक्ष्य प्राप्तिका लागि सामुहिक नेतृत्व र समावेशी प्रतिनिधित्व भएको राष्ट्रिय चरित्रका पार्टी निर्माण गर्न अपरिहार्य ठान्दै,

देशको समृद्धि र विकासका लागि तराई÷मधेस, पहाड र हिमालका विशिष्टतालाई सम्बोधन गर्ने,समावेशीता र सामाजिक न्याय सुनिश्चित गर्ने उद्देश्यका साथ नेपालका आदिवासी जनजाति, मधेसी, थारू, शिल्पी (दलित), खस, आर्य, मुस्लिम, पिछडावर्ग, महिला, यौनिक तथा लैङ्गिक अल्पसङख्यक, फरक क्षमता भएका र अल्पसङख्यक तथा सीमान्तकृत समुदाय तथा नेपाल आदिवासी जनजातिहरुले सदियौंदेखि भोगचलन गर्दै आएको जल, जमिन, जंगल एवं प्राकृतिक स्रोत साधनमाथिको पहुच, सहभागीता एवं नियन्त्रणलाई ILO महासन्धि नम्बर १६९ को सफल तथा प्रभावकारी कार्यान्वयन गर्दै सबै खाले उत्पीडनमा परेका नेपालका श्रमजीवी जनता र उत्पीडित समुदायको हित, मानवद्घरा मानवलाई गर्ने सबै प्रकारका शोषण, उत्पीडन र विभेदको अन्त्य तथा समतामूलक समृद्विका पक्षधरहरुको प्रतिनिधित्व गर्ने शक्तिशाली राजनीतिक पार्टीको अपरिहार्य आवश्यकतालाइ महसुस गरी “नेपाल सबै नेपालीको बनाउन” तथा “मन र माटोको योग” गराउन एवं “सभ्यता र संस्कृतिको रक्षार्थ” स्वदेशी ज्ञानको आधारमा स्वदेशवा (Indigenism) को वैचारिकको जगमा बहुलरास्ट्रवाद (Plurinationalism) र सामुदायिक समाजवाद (Communitarian Socialism) को मार्ग निर्देशक सिद्वान्तलाई आत्मसात गर्दै राष्ट्रिय मुक्ति पार्टी नेपनल (National Liberration Party Nepal) नामक रजनितिक दल नेपालको संविधानको धारा २६९तथा राजनीतिक दल सम्बन्धी ऐन, २०३ को दफा ८ बमोजिम यो विधान स्वीकृत गरी लागु गरिुको छ ।