
नवीनतम जानकारी र प्रवृत्तिहरू पत्ता लगाउनुहोस्। हाम्रो व्यापक विश्लेषण र विशेषज्ञ रायमा डुबुल्की मार्नुहोस् र जानकारीमूलक र अग्रणी रहनुहोस्।
राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले मुक्कुमलुङमा केबुलकार बनाउने दुस्साहस भए बिद्रोह हुने चेतावनी दिएका छन् । मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिद्वारा मंगलबार ललितपुरस्थित चुम्लुङ हिममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष महतोले यस्तो चेतावनी दिएका हुन् । अध्यक्ष महतोले भने, ‘मुक्कुमलुङमा केवलकार निर्माण थाले अनर्थ हुन्छ, लिम्बु लगायत […]
मधेश एशोसिएसन इन अमेरिका (माँ) को चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले नेपाल किन अमेरिका जस्तो बन्न सकेन भन्ने प्रश्न उठाएका छन् । उनले अमेरिकालगायत देशमा बसोबास गर्ने नेपालीबिच नेपालको भविष्यप्रति उठ्ने चिन्ता र जिज्ञासालाई गम्भीरसाथ लिनुपर्ने बताए । ‘अमेरिकाजस्तो नेपाल कहिले बन्छ ? नेपालीको एक नम्बरको प्रश्न यही […]
राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले ५९ सदस्यीय राजनीति समिति गठन गरेका छन् । गत माघमा सो पार्टी निर्वाचन आयोगमा दर्ता भएका थियो । चार महिनापछि हालै राजनीति समिति गठन गरिएको हो । गत फागुन १२ र १३ गते बसेको केन्द्रीय समितिको बैठकले विभिन्न समिति गठन गर्ने निर्णय गरेअनुसार नै यो राजनीतिक समिति गठन […]
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल र नेपाल जनमुक्ति पार्टी (केपी पालुङवा, सन्जुहाङ पालुङवा, एमएस थापा नेतृत्व रहेको) बिच कार्यगत एकता हुने भएकाे छ । दुवै दलबाट गठन भएको कार्यदलको आज बसेको बैठकले कार्यगत एकता गर्ने सहमति गरेको हो ।
त्यो मुकुम्लुङ–यात्रा केवल एक घटना होइन, इतिहासको पृष्ठभूमिमा अंकित हुने संघर्ष–गाथा हो युमा–माङले पवित्र भूमिमा बोलाएको आभासपछि मैले मुकुम्लुङ यात्रा गरें, म आध्यात्मिक मानिस हुा– देवीको आशीर्वाद लिन पुगें मुकुम्लुङमा राज्यले ०८१ माघ १२ मा केबुलकारविरोधी आन्दोलनमा गोली चलायो । तीन जना आन्दोलनकारी घाइते भए । ती घाइतेलाई काठमाडौं ल्याइयो र भोलिपल्ट त्रिवि शिक्षण अस्पतालमा भेट्न जाँदा मेरो मन मधेश आन्दोलनका ती बर्बर घटनाहरूमा पुग्यो । (लेखक राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष हुन्)
राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले युवा वर्गको सक्रिय सहभागिताले राष्ट्रिय मुक्ति क्रान्ति सफल हुने बताएका छन् ।
पछिल्लो समय मधेसी दलहरूबिच एकता र सहकार्यका लागि भेटवार्ता र छलफलहरू तीव्र हुँदै आएको छ । तर नेताहरू एकता गर्नमा भन्दा मोर्चा बनाएर अघि बढ्नुपर्नेमा सकारात्मक देखिएका छन् ।
काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टीका नेपालका अध्यक्ष राजेन्द्र महतोले रवि लामिछाने प्रकरण प्रतिशोध वा बार्गेनिङमा गएर टुङ्गिने हो कि भनी आशङ्का गरेका छन् । सहकारी प्रकरणमा रवि लामिछानेलाई दोषी देखाएर बाँकी सबै प्रकरणलाई ढाकछोपको षड्यन्त्र नेपाली जनतालाई स्वीकार्य नरहेको बताउँदै उनले नेपाली जनता सबै दोषीहरूलाई कठघरामा उभ्याउन चाहेको माग गरे ।