• स्वदेशवाद
  • बहुलराष्ट्रवाद
  • सामुदायिक समाजवाद

राष्ट्रिय मुक्ति पार्टी नेपाल

National Liberation Party Nepal

सदस्यता-फारम
Donation

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले मुक्कुमलुङमा केबुलकार बनाउने दुस्साहस भए बिद्रोह हुने चेतावनी दिएका छन् । मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिद्वारा मंगलबार ललितपुरस्थित चुम्लुङ हिममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष महतोले यस्तो चेतावनी दिएका हुन् ।

अध्यक्ष महतोले भने, ‘मुक्कुमलुङमा केवलकार निर्माण थाले अनर्थ हुन्छ, लिम्बु लगायत उत्पीडितहरुले बिद्रोह गर्छ, नश्लवादीको पतन शुरु हुन्छ र यसको सम्पुर्ण जिम्मेवारी राज्यको हुनेछ ।’ देशमा औपनिवेशिक एकल राष्ट्र राज्य शासन भएकोले बहुल संस्कृति माथि आक्रमण भएको भन्दै उनले भने, ‘खोट राज्यको संरचनामा छ, शासन पद्धतिमा छ । यो सभ्यता र संस्कृति बिरोधि राज्य हो । सभ्यता र संस्कृति मासेर बिकास हुँदैन, झन बिनास हुन्छ ।’

सबै समस्याको समाधान गर्न राज्यको एकल चरित्रबाट बहुल बनाउनु जरुरी रहेको उनले जिकिर गरे । ‘राज्यको चरित्र अनुसार अदालत पनि हुने हो । आदालतलाई सोधेर वा कानुन सम्झेर हिजो आन्दोलन गरेको होइन, अदालतले त भएको कानुन अनुसार फैसला गर्ने हो। हाम्रो भनाइ कानुन नै बिभेदकारी छ भन्ने हो । भएको संविधानको पनि बिपरित छ भन्ने हो। त्यसकारण कोहि हौसिएर मुक्कुमलुङलाई बिकृत बनाउने गरी केवलकार निर्माणको प्रयास सहै हुनेछैन,’ उनले भने ।

‘मैले मुक्कुमलुङ पुगेर त्यहाँको पवित्र माटो हातमा उठाएर कसम खाएको छु, देवीसँग आशिर्वाद थापेको छु । त्यहाँको पबित्रतामा कुनै आँच आउन नदिन लिम्बूसँगै लडेको छु, लडिरहने छु । केवलकार बनाउन खन्ने खाडलमा नै अब नश्लीय ओली प्रवृत्ति पुरिने’ उनले चेतावनी दिए । कार्यक्रममा पहिचानवादी मोर्चाका संयोजक प्रा. डा. महेन्द्र लावतीले मुक्कुमलुङमा केवलकार बनाउने नाममा करोडौंको भ्रष्टाचार भएको आरोप लगाएका छन् । अझै भ्रष्टाचार गर्न र भ्रष्टाचारी हुनबाट जोगिन त्यहाँ केबुलकार बनाउन चाहेको उनले बताए ।