• स्वदेशवाद
  • बहुलराष्ट्रवाद
  • सामुदायिक समाजवाद

राष्ट्रिय मुक्ति पार्टी नेपाल

National Liberation Party Nepal

सदस्यता-फारम
Donation

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले ५९ सदस्यीय राजनीति समिति गठन गरेका छन् । गत माघमा सो पार्टी निर्वाचन आयोगमा दर्ता भएका थियो । चार महिनापछि हालै राजनीति समिति गठन गरिएको हो ।

गत फागुन १२ र १३ गते बसेको केन्द्रीय समितिको बैठकले विभिन्न समिति गठन गर्ने निर्णय गरेअनुसार नै यो राजनीतिक समिति गठन गरिएको सो पार्टीका नेता सन्तोष मेहताले बताए ।

पार्टीको अन्तरिम विधान अनुसार पार्टीको समसामयिक विषयमा महत्त्वपूर्ण नीतिगत निर्णय गर्न अधिकतम १५१ सदस्यीय राजनीतिक समिति हुनेछ । यो समितिमा केन्द्रीय कार्यसमितिका सबै पदाधिकारीहरू यस समितिमा रहनेछन् । त्यस्तै केन्द्रीय कार्यसमितिका सबै पदाधिकारीहरू यस समितिमा रहनेछन् ।

केन्द्रीय सल्लाहकार समिति, विज्ञ समिति, अनुशासन समिति, निर्वाचन समिति र लेखा परीक्षण समितिका प्रमुखहरू राजनीतिक समितिको पदेन सदस्य हुने विधानमा भनिएको छ ।

केन्द्रीय कार्य समिति नबसेमा वा बस्न नसकेको अवस्थामा केन्द्रीय कार्यसमितिका अधिकार यस समितिले लिने प्रावधान विधानमा उल्लेख छ । राजनीतिक समितिको बैठक कम्तीमा पाँच महिनामा एक पटक बस्नुपर्ने हुन्छ ।

राजनीतिक समितिमा महतो अध्यक्ष रहेका छन् भने सदस्यहरूमा बुद्ध छिरिङ मोक्तान, रामनरेश राय यादव, कमला गुरुङ, सुमन सायमी, ओमप्रकाश गुल्जारी यादव, चन्द्रकान्त चौधरी, शैलकुमारी महतो, इस्लाम हवारी, विश्वनाथ सिंह, राजीव झा, कौशलकुमार सिंह, केशव झा, रमण पाण्डे, सन्तोष मेहता, रामकिशोर सिंह, अनिल महासेठलगायतका छन् ।